काठमाडौं –नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले पक्राउ पुर्जी जारी भएका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रमको मञ्चमा देखिएको विषयमा संसद्मा प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बरालीले प्रहरी जाँदा भेट नहुने सांसद प्रधानमन्त्रीसँग एउटै मञ्चमा देखिनुले सरकारको सुशासनको दावीमा प्रश्न उठाएको बताएका हुन्।
सुशासनको ठेक्का लिएको सरकार छ। पक्राउ पुर्जी जारी भएका आफ्नै पार्टीका सांसद छन्। प्रहरी प्रशासन ती सांसदलाई फेला पार्दैन। तर, प्रधानमन्त्रीसँग कुम ठेलेर मञ्चमा बसेको देखिन्छ। सुशासनको यो कुनचाहिँ नमुना हो ?,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।