काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममा नेपाली काँग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित नभएको भन्दै कटाक्ष गरेका छन्।
विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘मेरो पार्टीभन्दा पर नेपाली काँग्रेसतिर गएँ म। यहाँ दुई जना सशक्त नेता हुनुहुन्छ। उहाँ नीति तथा कायर्उक्रमममा कहीँ पनि देखिनँ। किन आउनुभएन ?’ शाही भन्छन्, ‘हुन सक्छ उहाँहरूलाई यो नीति तथा कार्यक्रम नखाऊँ भने दिनभरीको सिकार खाउँ भने कान्छाबाउको अनुहार भनेजस्तो भएको छ। विरोध गरौँ आफ्नै पार्टी सरकारमा छ नगरौँ आफ्नै पार्टी सरकारमा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।