काठमाडौं – लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका आरके परियारले गीतको शब्द र संगीतमा रहेको गीतमा प्रेम र प्रेमिल जोडि विचको भावनात्मक सम्बन्धलाई गीतमा समेटिएको छ ।
यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गीत प्रेम, अनुभूति र सामाजिक भावनालाई समेट्ने शैलीमा तयार पारिएको प्रस्तुत गरिएको छ ।
गीतको संगीत संयोजन संगीतकार विशाल निरौलाले गरेका छन्, भने कुमार राणाले गीतको मिक्सिङ र मास्टरिङ को जिम्मेवारी गरेका छन् ।
भिडियोतर्फ, गीतको निर्देशन चित्रा मास्कीले गरेका छन् । भिडियोमा स्मारिका ढकाल, पुरु भण्डारी, आरके सुवेदी र सुजन सुवेदीको अभिनय देख्न सकिन्छ । बुद्ध थापाले भिडियोको छायांकन गरेका छन् भने सम्पादनको गरेका छन ।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।