एजेन्सी–सिरियाको लाताकिया प्रान्तको गाउँले क्षेत्रमा बुधबारदेखि सुरु भएको डढेलोले ३० हेक्टरभन्दा बढी जमिन जलेको सिरियाली नागरिक सुरक्षा विभागले आइतबार जनाएको छ।
हालसम्म कुनै व्यक्ति घाइते भएको वा घरमा क्षति पुगेको विवरण आएको छैन। डढेलोको कारण भने अझै नखुलेको विभागले जनाएको छ।
नागरिक सुरक्षा अनुसार तीव्र हावा, अत्यधिक गर्मी, विगतको युद्धबाट बाँकी रहेका जोखिमपूर्ण वस्तु र दुर्गम भूगोलका कारण आगो निभाउने कार्यमा कठिनाइ भएको छ।
लाताकियाका प्रशासनिक तथा प्राविधिक इकाइ प्रमुख अली असीले जानकारी दिँदै भने, “तीव्र गर्मी, उकालो–ओरालो जमिन र पानी तथा उपकरण पु¥याउन गाह्रो भएकाले डढेलो नियन्त्रणमा समस्या भइरहेको छ।”
उनले थप भने, “डढेलो सुरु भएको चार दिन भइसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन। हामीले अलेप्पो, टार्टुस र हामा क्षेत्रका स्थानीय तहहरूसँग सहयोगको आग्रह गरेका छौँ। डढेलोले दर्जनौँ बिघा क्षेत्र प्रभावित बनाइसकेको छ र हामी अझै भारी उपकरणको प्रतीक्षा गरिरहेका छौँ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।