काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपको सम्बन्धमा छुट्टै व्याख्या गरेका छन्।
आइतबार नीति तथा कार्यक्रमबारे संसदमा भएको छलफलमा बोल्दै उनले नयाँ प्रविधि र वन प्रवर्द्धन प्रयोग भएको व्यवसायलाई मात्रै स्टार्टअप भनिने आम व्याख्या विपरीत यस्तो व्याख्या गरेका हुन्।
ओलीले जेन–जी पुस्ता सहभागी भएर सञ्चालन सुरु गर्ने सबै व्यवसायलाई स्टार्टअप मानिने बताएका हुन्।
अघिल्लो वर्ष स्टार्टअपका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत स्वीकृत गरिएको ६६१ वटा कर्जामा धेरैजसो कृषि, घरेलु तथा साना व्यवसायसँग सम्बन्धित छन् भने केही मात्रै आइटी र नवप्रवर्तनका क्षेत्रहरूसँग सम्बन्धित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।