काठमाडौं–सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिइरहेका छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकमा प्रधानमन्त्रीले जवाफ दिने छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो।
प्रधानमन्त्रीले जवाफ दिएपश्चात् नीति तथा कार्यक्रममाथि प्राप्त भएका ३७ वटा संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि नीति तथा कार्यक्रम आजै पारित गर्ने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।