काठमाडौँ–सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी कुनै पनि किसिमको आतङ्कवादको विरुद्धमा रहेको बताएको छ।
शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस आतङ्कवादको विरुद्धमा रहेको बताएका हुन्।
उनले भारत र पाकिस्तानको बिचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताए। उनले कांग्रेसले आतङ्कवादको खिलाफमा हुने कारबाहीलाई जायज ठान्ने बताए।
उनले पाकिस्तान र भारतबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा कांग्रेस रहेको बताए। कांग्रेस आतङ्कवादलाई निरुत्साहित गर्नेतर्फ रहेको उनले बताए।
महतले आतङ्कवादलाई कसैले पनि प्रश्रय दिन नहुनेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।