काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले सरकारले ट्रंक लाइन डेडिकेटर र ट्रंक लाइनको विद्युत् महशुल नउठाउ नभनेको स्पष्ट पारेका छन्।
विद्युत् नियमन आयोगको छौठौं वार्षिकोत्सवमा आयोजित समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले आफूविरुद्ध मिडियामा विभिन्न प्रचारबाजी भएपनि आफूले कहिल्यै त्यस्तो दबाब नदिएको जिकिर गरे।
मन्त्री खड्काले टीओडी मिटरमा देखिएको विवाद छिनोफानो गर्ने जिम्मेवारी विद्युत् नियमन आयोगको रहेको मन्त्री खड्काको भनाइ थियो।
‘सरकार हरेक पक्षले न्याय हुनेगरी उपभोग गरेबापतको महशुल तिर्न उद्योगीलाई भनेको छ र उपभोक्ता नठगिने गरी बाँकी बक्यौता उठाउन सरकारले भनिरहेको छ,’ मन्त्री खड्काले भने।
ऊर्जा क्षेत्रमा हिजोका दिनमा झोलामा खोला भन्ने प्रचलन रहेको बताउँदै खड्काले आजको दिनमा त्यो मोडिफाइ भइसकेको दाबी पनि गरे।
‘टीओडी मिटरका विषयलाई लिएर यतिधेरै विवाद भयो। तिर्नुपर्ने रकम नतिर्ने, विद्युत् प्राधिरकणले बक्यौता उठाउन नसक्ने र अनर्गल प्रचार गरियो। यसले कसलाई फाइदा पुर्याउँछ ?,’ उनले भने, ‘वास्तवमा यसको छिनोफानो गर्ने जिम्मेवारी नियमन आयोगको हो। उपभोक्ता भन्नुहुन्छ हामी तिर्न तयार छौं, बिल दिने संस्था भन्छ हामीले जे लेख्यौं त्यही बिल हो, अर्थात् हामीले पठाएकै बिल हो। भनेपछि त्यो बिल ठिक छ की छैन्, भनेर हेर्ने निकाय विद्युत् नियमन आयोग नै हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।