काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतले पाकिस्तानी आतंकवादको विरुद्ध थालेको लडाइँमा साथ दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने उनले बताएका हुन्।
उनले भने, ‘भारतले पाकिस्तानको आतंकवादविरुद्ध गरेको युद्धले हामी जोखिमयुक्त अवस्थामा छौँ। यो जटिलताको सामना गर्न सरकार तयारी रहोस्। साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ।’
उनले धितो बोर्डको अध्यक्षले कमिसनको काण्डबारे पनि छानबिन गर्न र अख्तियार प्रमुखको अभिव्यक्तिलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।