फाइल तस्वीर
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सर्वसाधारणका लागि सिंहदरबारको गेट खुला गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद ज्वालाले सर्वसाधारण सहज तरिकाले सिंहदरबारमा पुगेर मन्त्रालयमा गई जनप्रतिनिधिसँग आफ्ना माग राख्ने व्यवस्था गर्न माग गरेका हुन्।
सिंहदरबार छिर्नका लागि अहिलेसम्म चाहिने पासको व्यवस्था हटाउन पनि उनले माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।