काठमाडौं– भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकाले तत्कालै प्रतिक्रिया दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई लाजमर्दो भनेका छन् । उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ, लडाईँ हुन सक्ने अनुमान पहिले नै थियो । उनीहरू दशकौँ र शताब्दीयौँदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ ।’
कश्मीरको पहलगाममा अप्रिल २२ मा २७ जनाको ज्यान जाने गरि भएको आतङ्ककारी आक्रमणको बदलामा भारतले बुधबार हवाई आक्रमण गरेको हो । भारतको आक्रमण पछि पाकिस्तानले कडा प्रतिक्रिया दिने बताइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।