काठमाडौं–नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस-एमालेबीचको सात बुँदे सहमतिमा टेकेर नै सरकारको नीति तथा कार्यक्रम आएको प्रष्टीकरण दिएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले कांग्रेससमेतको सहभागितामा नीति तथा कार्यक्रम आएको बताएका हुन्।
उहाले नीति तथा कार्यक्रमलाई लागू गर्न पर्याप्त आर्थिक स्रोत नभएकाले कार्यान्वयनमा चुनौती रहेको स्वीकारे। सरकारको नीति तथा कार्यक्रममा कांग्रेसका कसैको पनि ठूलो असन्तुष्टि नरहेको उनको भनाइ छ।
उनले आगामी बजेट नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नेगरी आउनुपर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।