काठमाडौँ –राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने घोषणा गरेको छ।
सोमबार काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकले आन्दोलन घोषणा गरेको हो।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गरेको थियो। जहाँ एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो। अवाञ्छित गतिविधि गरेको भन्दै आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईँ,रवीन्द्र मिश्र,धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राणा हाजिर जमानीमा रिहा भइसकेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मिश्र अझै पनि प्रहरी हिरासतमा छन्।
गत चैत्रमा नवराज सुवेदीको अध्यक्षतामा संयुक्त जनआन्दोलन समिति गठन भएको थियो। उक्त समितिले फेरी राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको हो।
समितिका चार वटा एजेण्डाहरू वैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, सङ्घीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासन रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।