काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको दुई तिहाइको बेलुन फुटिसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सच्चिने छाँट नदेखाएको बताएका हुन्।
अहिलेसम्म राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसकेको भन्दै आलोचना गरे। हरेक नियुक्तिमा बिचौलिया समूह हावी भएको प्रचण्डको जिकिर छ।
उनले भने, ‘जे भनेर सात बुँदे सहमति गर्नुभएको थियो। त्योतर्फ कसैको ध्यान गएको देखिँदैन। संविधान संशोधनको कुरा त धेरै परको कुरा। मैले सरकार आफ्नै बोझले ढल्छ भनेको थिएँ त्यतिबेलै। प्राविधिकरूपले सरकार ढलेको छैन। तर, जनताको मनमा सरकार छैन, ढलिसकेको छ। मेरो चिन्ता हिजो पनि थियो, आज पनि छ। तपाईंहरूको कार्यशैलीले लोकतन्त्रमाथि प्रहार भइरहेको छ।’
लोकतन्त्रमाथि खतरा बाहिरबाट भन्दा पनि सरकारमा रहेकाहरूबाटै भएको प्रचण्डको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।