काठमाडौँ–नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको मनमष्तिष्कमा नैतिक रुपमा भन्ने हो भने यतिबेला सरकार नरहेको बताएका छन्।
उनले जनताको नजरमा सरकार ढलिसकेको दाबी गरेका हुन्।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारमाथि कुनै भरोसा नभएकाले यो हुनु र नहुनुको कुनै अर्थ नभएको जिकिर गरे। उनले सरकारकै कारण लोकतन्त्रमाथि नै प्रहार गर्ने शक्ति बढिरहेको समेत जिकिर गरे।
‘प्राविधिक रुपमा त सरकार बलियो नै छ। तर जनभावना, जनमत, जनताको मनोविज्ञानलाई गहिरोसँग विचार गर्नुहोला। सरकारकाका कारण प्रतिगमनतर्फ देशलाई लैजाने जमर्को भएको छ’,उनले भने।
उनले अहिले चौतर्फीरुपमा लोकतन्त्रमाथि आक्रामण भइरहेको बेला नीति तथा कार्यक्रमले निराशा बढाउने काम गरेको समेत बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।