काठमाडौं–लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीलाई पक्राउ गरेकोमा राज्यले जितेको महसुस गरेको अनुभूत भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राज्यले विजेताको रूपमा आफूलाई प्रस्तुत गरेको र विजेता नै न्यायको कुर्सीमा बसेका कारण आफूहरूले न्याय पाउन नसकेको गुनासो गरेका हुन्।
‘रेशम चौधरी र सिकेराउतमाथि जुन व्यवहार भएको छ। त्यो जानेको, देखेकै हो’ उनले भने।
यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो। एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए।
अध्यक्ष ठाकुर अगाडि भन्छन्, ‘यस किसिमको व्यवहारले हामीले न्याय कहाँ पाउने ? राज्य विजेताको रुपमा बसिरहेको छ।’
बिना कारण रेशम चौधरीलाई पक्राउ गरिएको उनको आरोप छ। ‘कुनै कारण छैन पक्राउ गर्यो। ५ घण्टा जेलमा राखिदियो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।