काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत माइदा तोरुबिच आज शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी रहेको सचिवालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।