काठमाडौँ–पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम सामान्य पास मात्र भएको प्रतिक्रिया दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संयुक्त सदनमा सरकारको आगामी २०८२/८३ को नीति तथा कार्यक्रम बाचन गरेका थिए।
भट्टराईले नीति तथा कार्यक्रममा यसअघिकै निरन्तरता भएको प्रतिक्रिया दिएका हुन्।
‘बजेटमा कसरी आउँछ हेर्नुपर्छ। अहिलेसम्म दुई अङ्कको आर्थिक वृद्धिदर भएकै छैन। यसलाई हासिल गर्ने गरी नीति तथा कार्यक्रम आउनुपर्थ्यो। आएको देखिएन। सुशासनको क्षेत्रमा भ्रष्टाचारलाई नियन्त्रण गर्ने अङ्गहरूलाई बलियो अङ्ग बनाउँछौँ। सुधार गर्छौँ भन्न सक्नुपर्थ्यो। त्यो नबन्दा यसअघिकै निरन्तरता जस्तै भयो। सामान्य रूपमा पास भयो तर फस्ट डिभिजन आएन’, उनले भने।
उनले नेपाल अहिले पनि कृषिप्रधान अर्थतन्त्र भएकाले वैज्ञानिक भूमिसुधार गर्ने नीतिगत व्यवस्था गरेर आशा जगाउन पनि सरकार चुकेको बताए।
‘नेपाल अहिले पनि कृषिप्रधान अर्थतन्त्र हो। वैज्ञानिक भूमिसुधार हाम्रो संविधानमै उल्लेख छ। त्यसैले दशवटा कुरा गर्नुभन्दा वैज्ञानिक भूमिसुधार गर्नेछौं भनेको भए त्यसले आशा जगाउँथ्यो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।