विराटनगर – कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा दुई दिनसम्म चल्ने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताए।
उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लगानीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संशोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट हुने कामहरू तुरुन्तै गरिने र सङ्घीय वारेस बनेर सहजीकरण गर्ने बताए।
उनले कोशी प्रदेश लगानी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको दाबी गरे। कोशी प्रदेश लगानी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजना सोकेसमा राखिएको छ। एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरू छनोट गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।