काठमाडौँ–प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीलबर्ण शृङ्गारहरू बहुतै हाउभाउ गरिरहेको बताएका छन्।
मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू र एमाले नेतृत्वविरुद्ध गतिविधि गर्नेहरूलाई नीलवर्णको संज्ञा दिएका हुन्।
‘नीलबर्ण शृङ्गारहरू बहुतै हाउभाउ गरिरहेका छन्’, ओलीले भने, ‘यिनको मुकुन्डो उत्रिएको छ तर जनताले रङ हटाएर बुझ्नुपर्छ।’ उनले स्याल र बाघको कथा सुनाउँदै यस्ता फटाहा कुरा गर्नेहरू स्थापित फटाहाहरू नै रहेको दाबी गरे।
‘फटाहा कुरा गर्ने स्थापित फटाहाहरू नै हुन्छन्,। पखेटा हेर्यो समाजवाद लेखेको छ, टाउको हेर्यो समाजवाद। बोलेपछि नीलवर्ण शृङ्गार भनेर चिनिन्छ’, उनले भने, जतिबेला यिनीहरू एमाले सिध्याउनैपर्छ भनेर बोल्छन् अनि जनताले चिन्छन् तर पनि एमाले देशको मजबुत पार्टी हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।