काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई शनिबार छिमेकी राष्ट्र भारत जाँदैछन्। ने
सपा (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको फ्लाइट मार्फत भारत जान लागेका हुन्।
अध्यक्ष डा.भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेको पनि उपाध्यक्ष यमीले जानकारी दिइन्। अधिवेशन भोलि आइतबारबाट भारतको फरिदावादमा हुँदैछ।
अध्यक्ष भट्टराईको साथमा उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषीयमी भट्टराई र सचिव एवं प्रवास प्रदेश अन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत जाँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।