काठमाडौं–नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओली सरकार विचौलिया र स्वार्थ समूहले बनाएको भन्ने कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिले थप पुष्टि भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले स्वार्थ समूह केन्द्रित काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम नगरेको आरोप लगाएका हुन्।
पूर्वअर्थमन्त्री समेत रहेका पुनले भने, ‘हामीले भन्दै आएको कुरालाई प्रतिपक्षले लगाएको आरोप भन्दै आइरहेका थिए। तर, सरकारको एकपछि अर्को व्यवहारले विचौलियाले बनाइदिएको भन्ने पुष्टि हुँदैछ। यो सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम गरेको छैन। आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएको धन्यवाद छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।