काठमाडौं–परराष्ट्रमन्त्री आरजु राणा बैंककबाट सपरिवार स्वदेश फर्किएकी छिन्।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार परिवर्तनको हल्ला खण्डन गरिन्।
यो भ्रमणमा कांग्रेस सभापति शेरबहादुर देउवाको कुनै राजनीतिक भेटघाट नरहेको उनको भनाइ थियो।
‘उहाँको यो स्वास्थ्य चेकअप र पसर्ननल भ्रमण हो, भेटघाटको कुनै कार्यक्रम थिएन,’ उनले भनिन्।
सरकार परिवर्तनको हल्लाबारे पत्रकारले सोधेको प्रश्नमा उनले जवाफ दिइन्, ‘तपाईँले नै भन्नुभयो हल्ला भनेर। यो हल्ला मात्रै हो। केही समय मौनता भयो भने मनोरञ्जनका लागि न्यूजहरु आउने गर्छ। सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला विदेशमा बसेर हुँदैन। न्यूज हेरेर हामी आफै छक्क पर्यौँ।’
उनले थपिन्, ‘सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्ने होला । विदेशमा गएर त यहाँको सरकार परिवर्तन हुँदैन ।’
सरकारका विषयमा विहीबार बेलुका कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुराकानी पनि भएको आरजुले जानकारी दिइन् । ‘बेलुका सभापतिज्यू र प्रधानमन्त्री ज्यूको कुराकानी पनि भाको छ, त्यस्तो केही पनि छैन,’ उनले भनिन्, ‘फोनमा कुरा भयो ।’
उनले बैंककबाटै सभापति देउवा र प्रधानमन्त्री ओलीबीच हिजो टेलिफोनमा कुराकानी भएको जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।