काठमाडौं – नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकताको घोषणा हुने भएको छ।
जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी गराएको छ।
सचिवालयले भनेको छ, ‘धेरै पार्टी÷शक्तिहरूको अहिले निद्रा उडेको छ। किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ। नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ।’
उनले आफूहरूलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले जनमत÷नाउपालाई तहस–नहस गर्नका लागि विगत ७–८ महिनादेखि कुनै कसर नछाडेको उल्लेख छ।
यी दुई दलका शीर्ष नेताहरू पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका थिए।
तराइको सबैभन्दा ठुलो पार्टी जसपा थियो। जसपा विभाजन भइसकेको अवस्थामा नाउपा र जनमत एकता हुँदा तराइ मधेशको सबैभन्दा ठुलो पार्टी बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।