फाइल तस्विर काठमाडौँ–प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको बैठक बोलाएको छ।
बुधबार केन्द्रीय कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदीय दलको बैठक बोलाएको जानकारी दिएका हुन्।
बर्खे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा दलको बैठक बोलाएको सापकोटाले बताए।
‘शिक्षकहरू दुई हप्तादेखि आन्दोलनमा छन्। बर्खे अधिवेशनमा विपक्षीको तर्फबाट प्रभावकारी ढंगले प्रस्तुत हुनेगरी संसदीय दलको बैठक भोलि बोलाइएको छ। सोही बैठकले पार्टीले स्पष्ट योजना तय गर्नेछ’,उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।