काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्ड प्रस्थान गरेपछि नफर्कुञ्जेलसम्मका लागि उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘उहाँ देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा ९१३० बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।