काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेका ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल पनि नियन्त्रणमा लिएसँगै संख्या सात पुगेको हो। उनलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको हो। उनी अध्यक्ष राजेन्द्र लिङ्देनको टिममै रहेर सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए।
अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कटवाल गरी सात जनालाई नियन्त्रणमा लिइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए।
प्लेकार्ड बोकेर नाराबाजी गरेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई परिसरमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।