काठमाडौं–राजसंस्था पुनर्स्थापना र चैत १५ मा पक्राउ परेका नेता रिहाइको दबाबसहित आन्दोलनमा होमिएको राप्रपाले माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन सुरू गरेको छ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको छ। यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बताएका थिए।
-1745136570.png)
-1745136084.png)
-1745136598.png)
राप्रपा कार्यकर्ता र राजावादी समर्थकहरू बिजुलीबजार भेला भएर बानेश्वरतर्फ आएका छन्। उनीहरू बानेश्वरको आकाशे पुलनजिकैको प्रहरीको ब्यारिगेट तोड्ने प्रयासमा छन्। प्रहरीले भने माइकिङ गरेर उनीहरूलाई पछाडि हट्न आग्रह गरिरहेको छ।
यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा प्रदर्शन गरेको थियो।
-1745136256.png)
-1745136596.png)
-1745136569.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।