एजेन्सी – युक्रेनको उत्तरपूर्वी शहर सुमीमा आइतबार भएको रूसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
मृत्यु हुनेमा दुईजना बालबालिकासमेत रहेका छन् । आक्रमणमा परी अन्य ११७ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले घाइतेहरूमा १० जना बालबालिका पनि रहेका अन्तर्राष्ट्रिय सञचार माध्यमले जनाएका छन् ।
घटनास्थलमा उद्धारकर्मीहरूले भग्नावशेष हटाउने काम गरिरहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण ‘पाम सन्डे’ को दिन भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले युद्ध अन्त्यका लागि रुसमाथि अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताएका छन् ।
यसअघि अप्रिलको शुुरुमा युक्रेनको क्रिभी रिह शहरमा भएको आक्रमणमा १८ जनाको मृत्यु भएको थियो । रुसले हालै सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको दाबी गरेको छ । युद्धको सुरुआतमा पनि रुसले यही क्षेत्रबाट आक्रमण थालेको थियो तर पछि युक्रेनी सेनाले केही भागहरू फिर्ता लिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।