काठमाडौँ – म्यानमारमा शुक्रबार ७ दशमलव ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प जाँदा ज्यान जानेको सङ्ख्या १४४ पुगेको छ । अझै सयौं बेपत्ता छन् भने हजारौं सर्वसाधारण सडकमा अलपत्र परेका छन् । अहिले उद्धार कार्य तिव्र पारिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लगातार भूकम्पले भत्किएका घरबाट मानिसलाई बाहिर निकाल्ने काम भइरहेको छ ।
म्यानमारको भूकम्पको धक्का थाइल्यान्ड र चीनमा मात्र नभएर भारतमा महसुस गरिएको थियो । सबै भन्दा धेरै क्षति मान्डल्यका सहरमा भएको छ । भूकम्पपछि मानिसको भाग दौड मच्चिएको थियो । घर भत्किएपछि सडकमा हुनेहरू रोइरहेको दृश्य देखिएको छ ।
घर भत्किएर थिचिएकाले अस्पताल भरिएका छन् । धेरै जना हृदय घातको सिकार भएको जनाइएको छ । डेब्रिसको पहाडी क्षेत्रमा पनि दर्जनौँ मजदुर पुरिएका छन् । सङ्कटको समयमा एमनेस्टी इन्टरेनसले राहत वितरणको क्रममा राजनीतिकरण हुने त्रास व्यक्त गरेको छ । पूर्वी तथा दक्षिण पूर्वी एसिया प्याफिककी सह निर्देशकले सो आशङ्का व्यक्त गरेकी हुन् ।
यसैगरी युनिसेफले बालबालिकाको कठिन मानिएको म्यानमारमा यो भूकम्पका कारण थप समस्या उत्पन्न भएको जनाएको छ । युनिसेफको त्यो क्षेत्रका इमर्जेन्सी सल्लाहकार ट्रेभर क्लर्कले सो कुरा बताएका हुन् ।
बैंककको पछिल्लो समाचार अनुसार दुई हजार हजार जनाको अझ उद्धार बाँकी छ । उद्धार कार्यमा संलग्नलाई रातको समयमा ड्रोनबाट खाना वितरण गरिएपछि फ्लोड लाइट अभावका कारण धेरै स्थानमा खोजी कार्य कठिन भएको छ । एक महिलाले सडकमा नै बच्चालाई जन्म दिएकी छिन् । अस्पताल पुग्न नसकेपछि उनले अप्ठेरो अवस्थामा उपचार नपाएकी हुन् । म्यानमार स्थित संघ संस्थाहरुले सहयोगको लागि अपिल गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।