काठमाडौँ –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन सम्बन्धी एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशले मतदानका लागि वैध अमेरिकी नागरिकताको प्रमाण देखाउनुपर्ने, चुनावको दिनसम्म सबै मतपत्रको समीक्षा गर्नुपर्ने भनेको छ ।
आदेश अनुसार मतदाता दर्ता फारममा सरकारले जारी गरेको नागरिकता प्रमाण अनिवार्य चाहिन्छ । महान्यायाधिवक्तालाई राज्यका निर्वाचन अधिकारीसँग जानकारी साझाका लागि सम्झौता गर्न, धाँधली वा कानून उल्लंघनका घटना पत्ता लगाउन भनिएको छ। यस्ता नियम मान्ने राज्यलाई मात्र संघीय निर्वाचन कोष दिने सर्त पनि राखिएको छ । विज्ञहरूले यो कदमले लाखौं मतदातालाई मताधिकारबाट वञ्चित गर्ने भन्दै आलोचना गरेका छन् । ट्रम्पले निर्वाचन सहायता आयोगलाई संघीय मतदाता दर्ता फारममा सरकारले जारी गरेको नागरिकता प्रमाण अनिवार्य गर्न निर्देशन दिएका छन् । एजेन्सी ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।