काठमाडौं– इजरायली सेनाका अनुसार गाजामा मंगलबारदेखि सुरु गरिएको भीषण हवाई आक्रमणमा जारी छ । यता हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म करिब ४ सयभन्दा बढीको ज्यान गइसकेको छ ।
आईडीइएफका अनुसार हमासको आतंकवादी क्षेत्रलाई निशाना बनाएर आक्रमण भइरहेको छ । १९ जनवरीमा युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा ठूलो आक्रमण हो ।
इजरायल–हमास युद्धविरामबारे कुनै सम्झौतामा पुग्ने कोशिस असफल भइरहेका छन् । गाजामा रहेका प्यालेस्टिनीहरु हवाई आक्रमणपछि सुरक्षित स्थानतर्फ गइरहेका छन् ।
स्थानीय राहत सामग्री र अन्य अत्यावश्यक सामग्रीहरु लिएर गाजाको पूर्वी क्षेत्रतर्फको सुरक्षित स्थानको खोजी गर्दै गइरहेका छन् । सीमा क्षेत्रका स्थानीयलाई उक्त स्थान खाली गर्न इजरायली सेनाले भनेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।