• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ट्रम्प र पुटिनबीच मंगलबार युक्रेनबारे छलफल हुने

64x64
नेपाल लाइभ सोमबार, चैत ४, २०८१  १६:३०
1140x725

वासिङ्टन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मंगलबार कुरा गर्ने योजना रहेको बताएका छन्।

अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि वासिङ्टनले तीन वर्षे युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्ध विराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका थिए।

“मलाई लाग्छ कि हामी युक्रेनी भूमि, विद्युत् गृहको बारेमा कुरा गर्नेछौँ,” ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँगको कुराकानीमा भने।

“मलाई लाग्छ, युक्रेन र रुस दुवै पक्षबीच यस विषयमा धेरै छलफल भइसकेको छ। हामी पहिलो पटक यसको बारेमा कुरा गर्दैछौँ र केही जमिनहरूमाथिको दाबीबारे टुंगो लगाउने विषयमा छलफल गर्दैछौँ।

वासिङ्टन र किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन् तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिएका छैन। बरु सर्तहरूको एक शृङ्खला सूचीबद्ध गर्दै अमेरिकी प्रस्तावमाथि ‘गम्भीर प्रश्नहरू’ उठाएका छन्।

केही दिनअघि पुटिनसँग केही घण्टा भेटवार्ता गरेका ट्रम्पका दूत स्टिभ विटकोफले सीएनएनसँगको कुराकानीमा भनेका छन्, “दुई राष्ट्रपतिबीच यो साता निकै राम्रो र सकारात्मक छलफल हुनेछ।”

उनले भने, “सायद, ट्रम्पले वास्तवमै आगामी हप्ताहरूमा कुनै न कुनै प्रकारको सम्झौता हुने अपेक्षा गर्नुभएको छ र यो आवश्यक मुद्दा हो भन्ने मेरो पनि विश्वास हो।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका समय ट्रम्प र पुटिनबीच वार्ता हुनेछ। कुनै पनि युद्ध विराममा सहमत हुनुअघि मस्कोले पहिले ‘युद्ध भूमिमा आफ्नो स्थिति सुधार्न’ चाहेको जेलेन्स्कीले बताएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

रूबियो, लाभरोभ वार्ता

यसअघि मस्कोले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्ना रुसी समकक्षी सर्गेइ लाभरोभलाई गत महिना साउदी अरबमा भएको अमेरिका–रुस शिखर सम्मेलनमा भएका ‘समझदारी कार्यान्वयनका ठोस पक्ष’ बारे छलफल गर्न फोनमार्फत कुराकानी भएको बताएको थियो।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण सुरु गरेयता अमेरिका र रुसबीच फेब्रुअरीमा भएको रियाद सम्मेलन पहिलो उच्चस्तरीय बैठक थियो। बैठकपछि ‘विदेशमन्त्री लाभरोभ र उनका अमेरिकी समकक्षी रुबियोबीच सम्पर्कमा रहने सहमति भएका’ रुसी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसले शनिबार दुवै पक्षले युक्रेनका विषयमा ‘आगामी कदमबारे छलफल’ गरेको र संयुक्त राज्य अमेरिका र रुसबीच सञ्चार पुनर्स्थापनाका लागि काम जारी राख्न सहमत भएको बताएका छन्।

बेलायतले युक्रेनबारे भर्चुअल शिखर सम्मेलन आयोजना गरेको केही घण्टापछि लाभरोभ-बियोबीच कुराकानी भएको थियो, जसमा प्रधानमन्त्री केइर स्टार्मरले पुटिनले युद्ध विरामलाई अघि बढाउन नचाहेको र यो वा त्यो बहानामा समय खेर फाल्ने काम गरिरहेको बताएका थिए।

“रुसले वार्ता गर्ने त भनेको छ वार्ताका लागि उसको पहल पर्याप्त छैन”, स्टार्मरले भने, “युक्रेनमाथि हुने रुसी बर्बर आक्रमणलाई सदाका लागि रोक्नुपर्छ।”

आइतबार किएभले मस्कोले युक्रेनका नौ वटा क्षेत्रमा इरानमा निर्मित ९० वटा शाहेद ड्रोन प्रक्षेपण गरेको बताएको थियो।

यसै साताको सुरुमा युद्ध विरामबारे प्रतिक्रिया व्यक्त गर्दै पुटिनले यो पहलले मुख्यतः युक्रेनलाई फाइदा पुग्ने भन्दै वार्ता पहलमाथि ‘गम्भीर प्रश्न’ उठाएका थिए।

युक्रेनको दक्षिणी र पूर्वी भू-भागमा कब्जा जमाएको रूसले युद्ध मोर्चाका केही क्षेत्रमा गति लिइरहेका बेला यो प्रस्ताव आएको उनको दाबी थियो।

रुसले आफ्नो कुर्स्क क्षेत्रको केही भागबाट युक्रेनी सेनालाई पछि धकेलेको छ। उक्त क्षेत्र किएभका लाग भविष्यमा हुने कुनै पनि वार्तामा सम्भावित ‘बार्गेनिङ’ शक्तिका रूपमा रहने युक्रनको विश्वास रहेको छ।

पुटिनले मस्कोको चासोका विषयमा ट्रम्पसँग फोनवार्तामा छलफल गर्न चाहेको आइतबार बताएका थिए।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने
मनलाग्दी शुल्क असुली गर्ने विद्यालयलाई कारबाही हुने
सम्बन्धित सामग्री
भारतीय विदेश सचिव मिस्री नेपाल आउने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण ह... आइतबार, वैशाख १३, २०८३
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो स्थानीय समय अनुसार शनिबार राति वासिङ्टन हिल्टन बलरूममा आयोजित कार्यक्रममा गोली चलेको आवाज आएपछि गोप्य सेवा (सेक्रेट सर्भिस) का एजेन्... आइतबार, वैशाख १३, २०८३
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु राजधानी बेरुतबाट प्राप्त विवरणअनुसार, लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपतकालीन सञ्चालन केन्द्रले जारी गरेको विज्ञप्... शनिबार, वैशाख १२, २०८३
ताजा समाचारसबै
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
मनलाग्दी शुल्क असुली गर्ने विद्यालयलाई कारबाही हुने बिहीबार, वैशाख १७, २०८३
देशव्यापी आमहड्ताल थाल्ने सुकुम्वासी संघको चेतावनी बिहीबार, वैशाख १७, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्