काठमाडौँ – यमनमा शनिबारदेखि अमेरिकाले हुथी विद्रोहीविरुद्ध सुरु गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । शनिबार अमेरिकाले हुथी विद्रोहीविरुद्ध यो निर्णायक र शक्तिशाली आक्रमण सुरु गरेको थियो ।
विद्रोहीको स्वास्थ्य मन्त्रालयका तर्फबाट आएको एक बयानमा मृतकमध्ये पाँच जना बालबालिकासमेत रहेको बताइएको छ । लाल सागरमा जहाजमाथि आक्रमण गरेपछि त्यसको जवाफमा हवाई आक्रमण सुरु गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।
यता विद्रोहीका नेता अब्दुल मलिक अल–हुथीले अमेरिकाको आक्रमण जारी रहँदासम्म आफ्नो संगठनले लाल सागरमा अमेरिकी जहाजलाई निशाना बनाइराख्ने चेतावनी समेत दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।