काठमाडौं– पूर्वराजदूत केशवराज झाको हत्या भएको डेढ महिना पुग्न लाग्यो। गत भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय वयोवृद्ध झाको हत्या भएको थियो।
_x000D_
_x000D_
हत्याको अनुसन्धानका क्रममा विभिन्न पाटाहरु केलाइरहेको प्रहरीले दावी गर्दैआएको छ। तर प्रहरीलाई समेत चित खुवाउने गरी भएको यो हत्या अझै पनि रहस्यमै छ।
_x000D_
_x000D_
प्रहरीले झा हत्यालाई रहस्यमय हत्यामध्ये एक भएको बताउँदै आएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाको जघन्य अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखाले झा हत्याको अनुसन्धान गरिरहेको छ।
_x000D_
_x000D_
महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरको टोलीले सो हत्याकाण्डको अनुसन्धान गरिरहेको छ। अहिलेसम्म अनुसन्धानमा प्रगति नभएको राठौरको भनाइ छ। सोधपुछ र बयान लिने कामबाहेक प्रहरीले नयाँ तथ्य फेला पार्न सकेको छैन।
_x000D_
_x000D_
रहस्यमय भनिएको हत्या अनुसन्धानबारे एसपी राठौर भन्छन्, ‘अनुसन्धान कि १०० प्रतिशत, कि जिरो प्रतिशत। हामी अहिले जिरोमै छौं।’
_x000D_
_x000D_

_x000D_
_x000D_
हत्यामा परिवारका सदस्यको पनि संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ। सोमबार मध्यान्ह मात्रै प्रहरीको एक टोली बबरमलस्थित झाको घरमा सोधपुछ गरेर फर्किएको छ।
_x000D_
_x000D_
झा हत्याको आरोपमा पक्राउ परेका पाले सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङ भदौ २९ गते ८÷८ हजार रुपैयाँ धरौटीमा छुटेपछि घटना झनै रहस्यमय बन्दै गएको छ। उनीहरुको पोलिग्राफ परीक्षणमा पनि केही नदेखिएपछि धरौटीमा रिहा भएका थिए। अहिले झाको घरको सुरक्षा गार्ड र माली समेत परिवर्तन गरिएको छ।
_x000D_
_x000D_
बिरामीले डाक्टरलाई विश्वास गरेजस्तै मैले प्रहरीलाई विश्वास गरेको छु– झाका छोरा किरण
_x000D_
घटनाको दुई दिनअघि मात्र विदेश गएका झाका छोरा–बुहारी घटनापछि नेपाल फर्केका थिए। बाबुको अन्त्येष्टि र अन्तिम कर्ममा सहभागी भएर बुहारी फेरि विदेश फर्किसकेकी छिन् भने छोरा किरणराज झा नेपालमै छन्। छोरालाई बोलाएर पटकपटक प्रहरीले सोधपुछ गरिरहेको छ। सोमबार उनकै निवासमा गएर प्रहरीले थप सोधपुछ गरिरहेको छ।
_x000D_
_x000D_
बाबुको हत्या अनुसन्धानको बारेमा जिज्ञासा राख्दा छोरा किरणले अहिले बोल्न नमिल्ने बताए। उनले नेपाल लाइभसँग भने ‘अनुसन्धान प्रहरीले गरिरहेको छ। अनुसन्धानमा मेरो समर्थन छ। निर्दोष नपक्रियोस्, दोषी नउम्कियोस्, दोषीले सजाय पाओस्।’
_x000D_
_x000D_
उनले थपे ‘हिजो मात्रै १३ वर्षअघिको घटनाको हत्यारा पक्राउ परे भन्ने सुनें, यो घटना त्यस्तो नहोस्।’ प्रहरीको अहिलेसम्मको अनुसन्धानमा आफू सन्तुष्ट रहेको र अपराधी पक्राउ पर्नेमा विश्वस्त रहेको उनले बताए ।
_x000D_
_x000D_
‘म डाक्टर हुँ। म भएको ठाउँमा बिरामी विश्वास गरेरै आउने हुन्,’ किरणले भने ‘प्रहरीको काम अनुसन्धान गर्ने हो। बिरामीले मलाई (डाक्टर) लाई विश्वास गरेजस्तै मैले पनि प्रहरीलाई विश्वास गरेको छु।’
_x000D_
_x000D_
झाका छोरा किरण आयरल्याण्डमा डाक्टरी पेसामा आबद्ध छन्।
_x000D_
_x000D_
सोधपुछ झण्डै ४ सय जनासँग, परिणाम शून्य
_x000D_
प्रहरीले झा हत्याको अनुसन्धानको सिलसिलामा अहिलेसम्म झण्डै ४ सयजनासँग सोधपुछ गरिसकेको जनाएको छ। तर परिणाम भने शून्य छ। ‘हामीले परिवारका सदस्यसहित झण्डै ४ सयजना व्यक्तिसँग सोधपुछ गरिसकेका छौं,’ एसपी राठौरले भने, ‘अनुसन्धान जटिल छ।’
_x000D_
_x000D_
प्रहरीको अनुसन्धानको सुई प्रहरीतर्फ नै पनि मोडिएको छ। बन्द कोठामा गेटमा पाले बसेको अवस्थामा भएको हत्यामा परिवारका सदस्य र आफन्तहरु प्रहरीको शंकाको घेरामा छन्। हत्याको अनुसन्धान जटिल मोडमा पुगेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
किचेनको चक्कुमा किन फेला परेन फिंगर प्रिन्ट, हत्या पेसेवरबाट?
_x000D_
प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कुलगायत अन्य प्रमाण फेला पारेको थियो। तर चक्कुको ल्याब टेस्ट गर्दा समेत कसैको फिंगर प्रिन्टसँग नमिलेको प्रहरीले जनाएको छ। चक्कुमा समेत कुनै प्रमाण नछोड्नुले हत्या पेसेवरबाटै भएको हुनसक्ने पनि प्रहरीको आकलन छ। चक्कुमा फिंगर प्रिन्ट फेला नपरेपछि प्रहरीले पञ्जा लगाएर हत्या गरेको आशंका गरेको थियो। झाको घरबाहिर फालिएको पञ्जा प्रहरीले प्रमाणका रुपमा उठाए पनि त्यसबाट समेत कुनै तथ्य फेला पर्न सकेन। प्रहरीले बरामद गरेको पञ्जा हत्या गर्दा प्रयोग नगरेको पाइएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
तालिमप्राप्त कुकुर लगेर घटनास्थमा स्न्याफिङ गराउँदा समेत हत्याको क्लु फेला पर्न सकेन। कुकुरले संकेत गरेअनुुसार पालेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी निर्दोष देखिए।
_x000D_
_x000D_
सबैतिरका गेट बन्द भएको घरमा हत्याराहरु कसरी प्रवेश गरे? झ्यालको जाली काट्दा कोठामा रहेकी श्रीमतीले किन थाहा पाइनन्? कसैसँग पनि रिसइबी नभएको भद्र परिवारका सदस्यलाई किन आक्रमण भयो? घरमा रहेको कुकुर त्यो रात किन भुकेन? जस्ता प्रश्नहरु अझै अनुत्तरित छन्। यसको जवाफ अनुसन्धानमा खटिएको प्रहरीले समेत पाउन सकेको छैन।
_x000D_
_x000D_
राजधानीमै भएको भिआइपी व्यक्तिको हत्या घटना भने अहिले सेलाउँदै गएको छ। किनकि यतिबेला कञ्चनपुर प्रकरण निकै तातेको छ, जुन प्रहरी र सरकारका लागि टाउको दुखाइ बनेको छ।
_x000D_
_x000D_
नागरिक समाज र मिडियाको चासो पनि कञ्चनपुर घटनाप्रति तिख्खर बनिरहँदा एक वयोवृद्ध कूटनीतिज्ञको निर्मम हत्या हुँदा कतैबाट अनुसन्धानका लागि प्रहरीलाई दबाब सिर्जना भएको छैन।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।