• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कहाँ पुग्यो पूर्वराजदूत झाको हत्या अनुसन्धान?

64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०७५  ०६:५७
1140x725

काठमाडौं– पूर्वराजदूत केशवराज झाको हत्या भएको डेढ महिना पुग्न लाग्यो। गत भदौ ३ गते राति बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट ८० वर्षीय वयोवृद्ध झाको हत्या भएको थियो।

_x000D_ _x000D_

हत्याको अनुसन्धानका क्रममा विभिन्न पाटाहरु केलाइरहेको प्रहरीले दावी गर्दैआएको छ। तर प्रहरीलाई समेत चित खुवाउने गरी भएको यो हत्या अझै पनि रहस्यमै छ। 

_x000D_ _x000D_

प्रहरीले झा हत्यालाई रहस्यमय हत्यामध्ये एक भएको बताउँदै आएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाको जघन्य अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखाले झा हत्याको अनुसन्धान गरिरहेको छ।

_x000D_ _x000D_

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरको टोलीले सो हत्याकाण्डको अनुसन्धान गरिरहेको छ। अहिलेसम्म अनुसन्धानमा प्रगति नभएको राठौरको भनाइ छ। सोधपुछ र बयान लिने कामबाहेक प्रहरीले नयाँ तथ्य फेला पार्न सकेको छैन। 

_x000D_ _x000D_

रहस्यमय भनिएको हत्या अनुसन्धानबारे एसपी राठौर भन्छन्, ‘अनुसन्धान कि १०० प्रतिशत, कि जिरो प्रतिशत। हामी अहिले जिरोमै छौं।’

_x000D_ _x000D_

_x000D_ _x000D_

हत्यामा परिवारका सदस्यको पनि संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ। सोमबार मध्यान्ह मात्रै प्रहरीको एक टोली बबरमलस्थित झाको घरमा सोधपुछ गरेर फर्किएको छ। 

_x000D_ _x000D_

झा हत्याको आरोपमा पक्राउ परेका पाले सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङ भदौ २९ गते ८÷८ हजार रुपैयाँ धरौटीमा छुटेपछि घटना झनै रहस्यमय बन्दै गएको छ। उनीहरुको पोलिग्राफ परीक्षणमा पनि केही नदेखिएपछि धरौटीमा रिहा भएका थिए। अहिले झाको घरको सुरक्षा गार्ड र माली समेत परिवर्तन गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

बिरामीले डाक्टरलाई विश्वास गरेजस्तै मैले प्रहरीलाई विश्वास गरेको छु– झाका छोरा किरण
_x000D_ घटनाको दुई दिनअघि मात्र विदेश गएका झाका छोरा–बुहारी घटनापछि नेपाल फर्केका थिए। बाबुको अन्त्येष्टि र अन्तिम कर्ममा सहभागी भएर बुहारी फेरि विदेश फर्किसकेकी छिन् भने छोरा किरणराज झा नेपालमै छन्। छोरालाई बोलाएर पटकपटक प्रहरीले सोधपुछ गरिरहेको छ। सोमबार उनकै निवासमा गएर प्रहरीले थप सोधपुछ गरिरहेको छ। 

_x000D_ _x000D_

बाबुको हत्या अनुसन्धानको बारेमा जिज्ञासा राख्दा छोरा किरणले अहिले बोल्न नमिल्ने बताए। उनले नेपाल लाइभसँग भने ‘अनुसन्धान प्रहरीले गरिरहेको छ। अनुसन्धानमा मेरो समर्थन छ। निर्दोष नपक्रियोस्, दोषी नउम्कियोस्, दोषीले सजाय पाओस्।’

_x000D_ _x000D_

उनले थपे ‘हिजो मात्रै १३ वर्षअघिको घटनाको हत्यारा पक्राउ परे भन्ने सुनें, यो घटना त्यस्तो नहोस्।’ प्रहरीको अहिलेसम्मको अनुसन्धानमा आफू सन्तुष्ट रहेको र अपराधी पक्राउ पर्नेमा विश्वस्त रहेको उनले बताए । 

_x000D_ _x000D_

‘म डाक्टर हुँ। म भएको ठाउँमा बिरामी विश्वास गरेरै आउने हुन्,’ किरणले भने ‘प्रहरीको काम अनुसन्धान गर्ने हो। बिरामीले मलाई (डाक्टर) लाई विश्वास गरेजस्तै मैले पनि प्रहरीलाई विश्वास गरेको छु।’ 

Xtrem

Xtrem
_x000D_ _x000D_

झाका छोरा किरण आयरल्याण्डमा डाक्टरी पेसामा आबद्ध छन्। 

_x000D_ _x000D_

सोधपुछ झण्डै ४ सय जनासँग, परिणाम शून्य
_x000D_ प्रहरीले झा हत्याको अनुसन्धानको सिलसिलामा अहिलेसम्म झण्डै ४ सयजनासँग सोधपुछ गरिसकेको जनाएको छ। तर परिणाम भने शून्य छ। ‘हामीले परिवारका सदस्यसहित झण्डै ४ सयजना व्यक्तिसँग सोधपुछ गरिसकेका छौं,’ एसपी राठौरले भने, ‘अनुसन्धान जटिल छ।’

_x000D_ _x000D_

प्रहरीको अनुसन्धानको सुई प्रहरीतर्फ नै पनि मोडिएको छ। बन्द कोठामा गेटमा पाले बसेको अवस्थामा भएको हत्यामा परिवारका सदस्य र आफन्तहरु प्रहरीको शंकाको घेरामा छन्। हत्याको अनुसन्धान जटिल मोडमा पुगेको प्रहरीले जनाएको छ। 

_x000D_ _x000D_

किचेनको चक्कुमा किन फेला परेन फिंगर प्रिन्ट, हत्या पेसेवरबाट?
_x000D_ प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कुलगायत अन्य प्रमाण फेला पारेको थियो। तर चक्कुको ल्याब टेस्ट गर्दा समेत कसैको फिंगर प्रिन्टसँग नमिलेको प्रहरीले जनाएको छ। चक्कुमा समेत कुनै प्रमाण नछोड्नुले हत्या पेसेवरबाटै भएको हुनसक्ने पनि प्रहरीको आकलन छ। चक्कुमा फिंगर प्रिन्ट फेला नपरेपछि प्रहरीले पञ्जा लगाएर हत्या गरेको आशंका गरेको थियो। झाको घरबाहिर फालिएको पञ्जा प्रहरीले प्रमाणका रुपमा उठाए पनि त्यसबाट समेत कुनै तथ्य फेला पर्न सकेन। प्रहरीले बरामद गरेको पञ्जा हत्या गर्दा प्रयोग नगरेको पाइएको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

तालिमप्राप्त कुकुर लगेर घटनास्थमा स्न्याफिङ गराउँदा समेत हत्याको क्लु फेला पर्न सकेन। कुकुरले संकेत गरेअनुुसार पालेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी निर्दोष देखिए।

_x000D_ _x000D_

सबैतिरका गेट बन्द भएको घरमा हत्याराहरु कसरी प्रवेश गरे? झ्यालको जाली काट्दा कोठामा रहेकी श्रीमतीले किन थाहा पाइनन्? कसैसँग पनि रिसइबी नभएको भद्र परिवारका सदस्यलाई किन आक्रमण भयो? घरमा रहेको कुकुर त्यो रात किन भुकेन? जस्ता प्रश्नहरु अझै अनुत्तरित छन्। यसको जवाफ अनुसन्धानमा खटिएको प्रहरीले समेत पाउन सकेको छैन। 

_x000D_ _x000D_

राजधानीमै भएको भिआइपी व्यक्तिको हत्या घटना भने अहिले सेलाउँदै गएको छ। किनकि यतिबेला कञ्चनपुर प्रकरण निकै तातेको छ, जुन प्रहरी र सरकारका लागि टाउको दुखाइ बनेको छ।

_x000D_ _x000D_

नागरिक समाज र मिडियाको चासो पनि कञ्चनपुर घटनाप्रति तिख्खर बनिरहँदा एक वयोवृद्ध कूटनीतिज्ञको निर्मम हत्या हुँदा कतैबाट अनुसन्धानका लागि प्रहरीलाई दबाब सिर्जना भएको छैन।
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  ०६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्