• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

सिड्नीबाट शेष घलेले गरे एकता महाधिवेशनमा सहभागी हुन आह्वान

64x64
नेपाल लाइभ बिहीबार, फागुन २९, २०८१  १०:२४
1140x725

सिड्नी – गैर आवासीय  नेपाली  संघ उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले एनआरएन अभियन्ता तथा प्रबुद्ध प्रवासी नेपालीहरुलाई आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा सहभागी भएर संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका छन् ।

कर्मभूमि अष्ट्रेलियामा रहेका घलेले सिडनीमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष समेत रहेका डा. घलेले लामो समयदेखि विवादमा अल्झिएको एनआरएनएलाई लोकतान्त्रिकरण गर्ने एक अपूर्व अवसर आएको बताए ।

‘गत अप्रिल २०२४ मा सर्वोच्च अदालतले संक्षिप्त फैसला दियो र पछि पूर्ण पाठ पनि प्राप्त भयो । अदालतको फैसलाको ६ महिना पछि अक्टोबर २०२४ मा उच्चस्तरीय समितिलाई परराष्ट्र मन्त्रालयबाट निर्देशन प्राप्त भयो । उक्त निर्देशन प्राप्त भएको ३० दिन भित्र १९ नोभेम्वर २०२४ मा  उच्चस्तरीय समितिको पहिलो बैठक बस्यो । त्यस संगसंगै ६ महिना भित्र अन्तरराष्ट्रिय साधारण सभा आयोजना गर्नु पर्ने समयावधि पनि शुरु भयो,’ घलेले  भने ।

नोभेम्वर २०२४ यता उच्चस्तरीय समितिको झन्डै एक दर्जन बैठकहरु बसेर सदस्यता खोल्ने, वेबसाइट बनाउने, एनसीसीहरुसंग समन्वय गर्ने काम भै रहेको पनि उनले जानकारी दिए । ‘तपाईं हामीले ठूलो योगदान दिएर बनाएको संघको भवनमा हामीलाई बैठक गर्न दिइएन । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले सचिवालय उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न दुइ, दुइ पटक पत्र लेखेता पनि अटेर गर्ने काम भै रहेको छ ।  हामीले निकै असहज परिस्थितिमा पनि महाधिवेशनको तयारी गरिरहेका छौं । म केही पाउनको लागि होइन, संस्थालाई फेरी ट्रयाकमा ल्याउनको लागि सर्वोच्च अदालतको निर्देशन बमोजिम यो जिम्मेवारी बहन गर्न तयार भएको हुँ,’ उनले भने ।

उच्चस्तरीय समितिका अध्यक्ष डा. घलेले आफुहरुको जिम्मेवारी सर्वोच्च अदालतले दिएको म्यान्डेट भन्दा पनि बढी भएको बताए । ‘यो कानूनी निर्देशन पुरा गर्ने विषय मात्रै नभएर एउटा दीगो तथा प्रजातान्त्रिक संस्था निर्माण गर्नका लागि दरिलो ढांचा बनाउने अवसर पनि हो । यो महाधिवेशनमा एनआरएनए सम्बन्धी ऐन अनुसार सदस्य बन्न योग्य सबै पंजीकृत सदस्य काठमाडौँमा आएर तोकिएको शुल्क तिरेर डेलिगेट्स बन्न पाउँछन्, आफ्नो नेतृत्व चयन गर्न पाउँछन् ।  नयाँ विधान बनाउन पाउँछन् ।  यस्तो अवसर फेरी  आउंदैन ।  त्यसैले अलिकति समय खर्च गरेर, समयमै ट्राभेल बुक गरेर मे महिनामा काठमाडौँ आउन म सबै साथीहरुलाई अनुरोध  गर्दछु,’ घलेले भने ।  उनले तोकिएको मितिमै महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह  गरे ।   

Ncell 2
Ncell 2

अध्यक्ष घलेले ३१ मार्च २०२५ भित्र सदस्यता लिएर अप्रिल महिनाभित्र  प्रतिनिधिका लागि नाम दर्ता गराउन र मे ३,४ र ५ मा काठमाण्डौमा हुने महाधिवेशनमा भागलिन सबैलाई अनुरोध पनि गरे  ।

कार्यक्रममा बोल्दै  एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एमआईएसबाट वितरण हुने सदस्यतामा एनसीसीहरुले प्रमाणिकरण गर्न सक्ने  अधिकार भएकाले सो प्रविधिलाई उच्चस्तरीय समितिको मातहतमा ल्याएमा  सदस्यता वितरण गर्न सहज हुने बताए  ।  उनले सबै एनसीसीले उच्चस्तरीय समितिसंग सहकार्य गर्नु पर्ने पनि बताए ।  

एनसिसि अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले डा. घले लगायत उच्चस्तरिय समितिलाई पूर्णरुपले साथ समर्थन गर्न आह्वान गरे । उनले सम्भव भएसम्म सबै पक्षलाई मिलाएर लान सुझाव पनि  दिए  ।  एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष ध्रुव सुवेदीले वर्तमान परिस्थितिमा उच्चस्तरीय समितिले महाधिवेशन गर्नु बाहेक अन्य कुनै विकल्प नभएको बताए ।  उनले  सम्भव भएसम्म सबैलाई साथ लिन अधिकतम प्रयास गर्ने तर तोकिएको समयसिमा  भित्रै  एकताको महाधिवेशन गर्न सुझाव पनि दिए ।

एनसिसि अष्ट्रेलियाका  निवर्तमान अध्यक्ष नन्द गुरुङले  टुक्रा टुक्रामा विभाजन भएको एनआरएनएलाई सहि दिशामा ल्याउन सर्वोच्च अदालतले दिएको परमादेश अनुरुप बनेको उच्चस्तरीय समितिलाई काम गर्न सबैले सघाउनु पर्ने बताए । हामी सबैले मिलेर बनाएको संस्था र भवन कसैले कब्जा गर्दैमा काम  रोकिनुहुदैन भन्दै उनले आगामी मे महिनामा काठमाण्डौमा हुने महाधिवेशनमा भागलिन सबैलाई अनुरोध गरे ।

एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीले गैर आवासीय नेपाली संघ सबैको लामो संघर्ष, मेहनत र परिश्रमले गर्दा आजको दिनसम्म आईपुगेको स्मरण गर्दै  संस्थालाई बचाउन सम्भव  भएसम्म लचकता अपनाएर निकास खोज्न सुझाव दिए। उनले  संस्थाको साख जोगाउने  यो अवसर पनि भएकाले डा। घले नेतृत्वको समितिलाई साथ दिएर अघि बढ्न सबैलाई आग्रह गरे   ।

कार्यक्रममा अष्ट्रेलिया एनएसडब्लुका लागि नेपालका मानार्थ वाणिज्यदूत संजीव शर्मा, एनआरएनएकी पूर्व संरक्षक इन्द्रा बन, एनआरएन अभियन्ताहरु भोमा लिम्बु, कुशल  केसी, जानकी पौडेल, बिमल भट्टराई, इर्शाद अहमद, भिम खरेल, बिशाल पोखरेल, अच्यूत थपलिया, शेषमणि पाठक, इथान शाक्य लगायत ५० जना भन्दा बढि सहभागीहरुले आफ्नो धारणा राखेका थिए।  उच्चस्तरीय समितिका अध्यक्ष घलेले सहभागीहरुका जिज्ञासाको जवाफ दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस शनिबार, पुस १२, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि शनिबार, पुस १२, २०८२
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै शनिबार, पुस १२, २०८२
बढ्यो अमेरिकी डलरको मूल्य शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नागरिकता नियमावली चौथो पटक संशोधन शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्