काठमाडौं – पोखरामा कोटिहोमको भूमिपूजन रोक्न खोज्दा नगर प्रहरी र कोटीहोम सञ्चालकबीच झडप भएको हो । झडप ११ जना नगर प्रहरीसहित केही घाइते भएको बताइएको छ ।
मानव सेवा फाउन्डेसन नेपालले पोखराको लेकसाइडमा गर्न लागेको कोटिहोम गर्न नदिने पोखरा महानगरपालिकाले यसअघि नै घोषणा गरेको थियो । सोही क्रममा आज भूमिपूजन भइरहेको बेला नगर प्रहरीले पूजारीलाई रोक्न खोज्दा कोटिहोम सञ्चालक र नगर प्रहरीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।