काठमाडौं– नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
विभागको सचिव रहेका गगन विष्ट सूचना आयोगका सदस्य नियुक्त भएपछि यो पद रिक्त थियो ।
पाण्डे हाल पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारीको उपाध्यक्ष छन् । उनलाई प्रचार विभागको सचिव मनोनयन गरिएको हो ।
आइतबार बसेको सचिवालय बैठकमा रिक्त रहेका विभागको सदस्यहरूलाई पूर्णता दिने कार्यसूची थियो ।
पार्टीको स्थानीय विभागको सचिवमा नवराज गेलाल मनोनित भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।