जनकपुरधाम– तराई-मधेस जागरण अभियान नेकपा माओवादी केन्द्रले धनुषाको हंसपुर नगरपालिकामा विद्यालय बन्द गराएर सभा गरेको छ ।
हंसपुर नगरपालिका-६ सोनगमास्थित राष्ट्रिय प्रावि विद्यालयमा माओवादीले कार्यक्रम राखेको थियो । अध्यक्ष ‘प्रचण्ड’ सहितका नेताले सम्बोधन गरेका छन् ।
माओवादीका स्थानीय नेताको दबाबले विद्यालय बन्द गरिएको स्थानीयले बताएका छन् । अचानक विद्यालय बन्द भएपछि पढ्न आएका विद्यार्थीलाई घर पठाइएको छ ।
विद्यालयमा आमसभा हुने र बन्द हुनेबारे जानकारी नपाएका कारण विद्यार्थी पढ्न भन्दै किताब कापी बोकेर आएका थिए ।
तर गेटमा पुगेपछि मात्र विद्यालय बन्द गरेर आमसभा आयोजना गरिएको जानकारी दिइएको बताइएको छ । त्यसपछि ड्रेस लगाएर आएका विद्यार्थीलाई घर फर्काइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।