काठमाडौं- सञ्चिता लुइटेल अभिनित फिल्म ‘गुन गुन’को पोष्टर सार्वजनिक भएको छ। अागामी कार्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मका २ पोस्टर सार्वजनिक भएका हुन्। पोस्टरमा फिल्मका ६ जना पात्र देख्न सकिन्छ।
_x000D_
_x000D_
फिल्म ‘गुन गुन’ अभिनेत्री सञ्चिताको २ वर्षपछिको ‘कमव्याक’ हो। यस अघि उनि सन् २०१६ को अक्टोबरमा फिल्म ‘राधा’ मार्फत सञ्चिता दर्शकमाझ आएकी थिइन्।
_x000D_
_x000D_
पुकार भट्टराईको निर्देशन रहेको फिल्ममा माया, प्रेम र सामाजिक कथावस्तु संयुक्त प्रस्तुति रहेको छ। पुराना कलाकारका रुपमा चिनिएका भट्टराईको यो डेब्यु निर्देशन पनि हो। कलाकारिता मार्फत प्राप्त अनुभवलाई निर्देशनमा खर्चिएका भट्टराईले फिल्ममा दर्शकका लागि नयाँ प्रस्तुति दिने प्रयास गरेका बताएका छन्।
_x000D_
_x000D_
संचिता लुइँटेल, रवीन्द्रप्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको अभिनय रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ।
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।