काठमाडौं– उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा अध्यादेश, संविधान संशोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
सरकारले भूमि तथा सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरेपनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन । खासगरी राष्ट्रिय सभामा सत्तापक्षको बहुमत नभएपछि अध्यादेश अघि बढ्न नसकेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।