काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनका लागि सत्तारुढ दलहरूको बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार राजनीतिक दल र निर्वाचनसम्बन्धी विधेयकमा संसद्मा छलफल गर्ने निर्णय भएको छ ।
त्यस्तै आजको बैठकले संविधान संशोधन अन्तर्गतको थ्रेसहोल्डको विषयमा सरकारलाई पनि चाँडै समिति बनाएर प्रक्रिया अगाडि बढाउन आह्वान गर्ने निर्णय गरेको छ ।
अध्यादेशका विषयवस्तुमा उठेका केही सवालहरूका विषयमा प्रतिस्थापन विधेयकमार्फत नै सम्बोधन गर्ने र भूमिसम्बन्धी विधेयकमा केही समस्या छन् भने परिवर्तन गर्न सकिने प्रवक्ता डा. महतले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।