काठमाडौं– साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ। परिसूचक १८ दशमलब ०४ अंकले घटेर १२ सय ३८ दशमलब ६७ अंकमा आइपुगेको छ।
_x000D_
_x000D_
क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलब २९ अंकले घटेर २ सय ६२ दशमलब २९ को विन्दुमा आइपुगेको छ।
_x000D_
_x000D_
सोमबार १ सय ६५ कम्पनीको ५३ करोड ९६ लाख ३ हजार ९ सय ३५ रुपैयाँ बराकारको सेयर किनबेच भएको छ। जबकि आइतबार ५८ करोड ८५ लाख ६४ हजार ३ सय ४९ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
_x000D_
_x000D_
सोमबार बैंकिङ समूहमा लगानीकर्ता झुम्मिएका छन्। सर्वाधिक कारोबार हुने १० कम्पनीमा ९ वाणिज्य बैंक रहेका छन्। सर्वाधिक कारोबार नेपाल बैंकको भएको छ। बैंकको ७ करोड ८८ लाख ९८ हजार १५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै एनएमबी बैंकको २ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका छन्। साथै कुमारी बैंक र प्रभु बैंकको पनि २ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ।
_x000D_
_x000D_
सोमबार नाडेप लघुवित्त वित्तीय संस्थाको लागनीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८४ रुपैयाँले बढेर ९ सय २७ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको सेयरमूल्य प्रतिकित्ता ७५ रुपैयाँले बढेको छ। यता सर्वाधिक गुमाउनेमा भागर्व विकास बैंकका लगानीकर्ता रहेका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता १७ रुपैयाँले घटेर १ सय ७१ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले घटेको छ।
_x000D_
_x000D_
सोमबार उत्पादन तथा प्रशोधन समूह बाहेकका अन्य सबै समूहमा गिरावट आएको छ। समूहको सेयर मूल्य २६ दशमलब ८ अंकले बढेको छ। यता सर्वाधिक गुमाउनेमा जीवन बीमा समूहअन्तर्गतका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य ७८ दशमलब ५६ अंकले घटेको छ। त्यस्तै निर्जीवन बीमा समूहको सेयर मूल्य ७१ दशमलब ७३ अंकले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।