पोखरा– नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटकीय राजधानी भनेर सरकारले निर्णय नगरेको बताएका छन् ।
पोखरामा आजदेखि सुरु भएको १२औं लिटरेचर फेस्टिभलको उद्घाटन गर्दै प्रवक्ता गुरुङले सरकारले अहिलेसम्म पोखरालाई पर्यटकीय राजधानी भनेर निर्णय नगरेको बताएका हुन् ।
‘यहाँ मैले एउटा शब्द देखेको छु । पोखरा टुरिजम क्यापिटल अफ नेपाल भन्याछ । आजसम्म नेपाल सरकारले यो निर्णय गरेको छैन । हल्लाको कुरा हो । किनभने हल्लै हल्लाको देश हो भनेर भूपि शेरचनको कविता पढेकै हो । सरकारको क्याविनेटले गर्नुपर्यो नि । आधिकारिक निर्णय त,’ उनले भने ।
गत चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागितामा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।