इनरूवा– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले तराई मधेशका उत्पीडित वर्गलाई विभेद गरेको स्वीकार गरेका छन्।
सुनसरीको बर्जुमा बिहीवार जनतासँग माओवादी तराई-मधेश जागरण अभियान कार्यक्रममा उनले तराईको दक्षिण भेगमा बस्ने आदिवासी, मुस्लिम, थारु समुदायलाई विगतदेखि नै राज्यले विभेद गर्दै आएको बताएका हुन्।
‘ठूलो संघर्ष गरेर राज्यमा प्रतिनिधित्व गर्ने अवस्था सृजना गरेको छ’, उनले भने, ‘जसरी सोचेको त्यो भएको छैन। तराई-मधेशले अधिकार प्राप्त गरेको छैन।’
प्रचण्डले किसानको समस्यालाई सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले नेतृत्व गर्दै गर्दा मल अभाव हुन नदिएको दाबी गरे। अहिलेको सरकारले कृत्रिम अभाव सृजना गरेर व्यापारीलाई फाइदा गराएको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।