काठमाडौं– नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्ययोजना बनाउनको लागि ८ सदस्यीय कार्यदल बनाएको छ । नेकपा एसले पार्टी निर्माणको लागि महासचिव घनश्याम भुसालको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ ।
आज बसेको सचिवालय बैठकले आन्दोलनको विस्तृत कार्ययोजना बनाउनको लागि महासचिव भुसालको नेतृत्वमा कार्यदल बनाएको उपमहासचिव रामकुमार भट्टाईले बताए ।
हालै बसेको केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावहरूलाई समेटी तात्कालिक कार्ययोजना र अन्य दस्तावेजहरू टुंग्याउने निर्णय भएको उनले बताए । पार्टीका आगामी कार्ययोजना एकताबद्ध भएर अघि बढाउने सहमति भएको पनि बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।