काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सबैतिरबाट अहिले आफूलाई सरकारमा नजान सुझाव आएकाले अहिले सरकारतिर नभई ध्यान जनतासँगै भएको बताएका छन्।
हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको उद्घाटन गर्दै अब माओवादी आफ्नै शक्तिमा चुनाव लड्ने बताए।
उनले थपे, ‘हामी एक्लै चुनाव लड्न सक्दैन भनेर प्रचार गरियो। हामीले सहकार्य गरेर ठूलो त भएनौं। कांग्रेससँग सहकार्य गरेर पनि माओवादी ठूलो त भएन। एमालेसँग सहकार्य गर्दा पनि ठूलो भएन। बरु हामीले जोसँग सहकार्य गर्यो त्यही पार्टी ठूलो भयो। हामी जतिबेला हामी तिनीहरुसँग सहकार्यमा नहुँदा हामी ठूलो थियौं। त्यसैले हामीले संकल्प गर्यौं हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं।’
उनले स्थानीय तहको उपनिर्वाचनमा माओवादी पहिलो भएको दाबी गरे। उनले कांग्रेस र एमाले मिलिरहे माओवादी ठूलो पार्टी बन्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।