काठमाडौं – संघीय संसद् राष्ट्रिय सभाका दुई समितिको बैठक सोमबार बस्ने भएको छ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ। बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बैठक मध्याह्न १२ स् ४५ बजे बस्नेछ। बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधेयकको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञसँग छलफल हुनेछ।
बैठकमा राधेश्याम अधिकारी र संविधानसभा सदस्य रामनारायण विडारीलाई बोलाएको संसद् सचिवालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।