नेपालगन्ज– १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व सकिएको एक दशकभन्दा बढी भइसकेको छ। देशमा विविध राजनीतिक परिवर्तन आइसके पनि द्वन्द्वको प्रत्यक्ष असर भोगेकाहरुको घाउ बेलाबेला चहर्याइरहेको छ।
_x000D_
_x000D_
बाँकेको राप्ती सोनारी गाउँपालिका २ अगैयाका डाँगी परिवार हालसम्म पनि द्वन्द्वको घाउ बोकेर बाँच्न विवश एक प्रतिनिधि परिवार हो।
_x000D_
_x000D_
लालबहादुर डाँगीलाई १५ वर्षअघि तत्कालीन नेकपा माओवादीका लडाकुहरुले अपहरण गरेका थिए। घरमूली फर्कने आशामा लामो समय बाटो हेरेर बिताए, डाँगी परिवारले। उनी फर्किने आशाको पहाड अग्लिँदै गयो तर न लालबहादुर फर्किए न त उनको केही खबर नै प्राप्त भयो।
_x000D_
_x000D_
१५ वर्षसम्म बाटो कुरेका डाँगी परिवारको आँखा कत्ती टट्यायो होला? उनीहरुलाई मात्रै थाहा छ। सायद घरमूली फर्केर आउने आशा मारे र कुशको प्रतिमा बनाएर उनको अन्त्येष्टि गरे।
_x000D_
_x000D_
गाउँ नजिकै रहेको राप्ती नदीको घाटमा शुक्रबार कुशको प्रतिमा बनाएर डाँगीको अन्त्येष्टि गरी काजकिरिया सुरु गरिएको लालबहादुरका जेठा छोरा प्रेमप्रकाश डाँगी बताउँछन्।
_x000D_
_x000D_
अन्त्येष्टिमा तत्कालीन एमाले तथा हालका नेकपा कार्यकर्ताको ठूलो संख्यामा सहभागिता थियो। राप्ती सोनारी गाउँपालिका वडा नं २ का वडाध्यक्ष मदन वलीसहित कार्यकर्ताले कुशको शवमा पार्टीको हँसिया हथौडा अंकित रातो झन्डासमेत ओढाएका थिए।
_x000D_
_x000D_
‘यत्तिका वर्ष भयो। बुवाको जति खोजी गरे पनि केही खबर पाउन सकेनौं,' प्रेमप्रकाशले भने, ‘अब सायद बुवा जीवित हुनुहुन्छ भन्ने विश्वास मर्दै गयो। अनि अन्त्यष्टिको प्रक्रियामा लागेका हौं।’
_x000D_
_x000D_

_x000D_
_x000D_
तत्कालीन नेकपा (एमाले) का सक्रिय कार्यकर्ता लालबहादुरलाई २०६० असोज २ गते माओवादी कार्यकर्ताले घरबाटै अपहरण गरेर बेपत्ता पारेका थिए। हरेक वर्ष बेपत्ता भएको मिति नजिक आउँथ्यो, डाँगी परिवारका फेरि एकपटक लालबहादुर आँखामा बल्झिएर आउँथे। ‘जब असोज २ नजिकिन्थ्यो, बुवाको याद झन् भारी भएर आउँथ्यो। फर्किनुहुन्छ भन्ने आशा पनि लाग्थ्यो तर, शून्यताबाहेक केही हात लाग्दैनथ्यो,' किरियापुत्री बनेका प्रेमप्रकाश टोलाउँदै भन्छन्, ‘यस्तो अवस्थामा कतिन्जेल रहिरहनु? अब त आस मर्यो।'
_x000D_
_x000D_
दाहसंस्कारको प्रक्रियापछि लालबहादुरकी श्रीमती र प्रेमप्रकाशका दाजुभाइ किरिया बसेका छन्।
_x000D_
_x000D_
तत्कालीन समयमा माओवादी र सरकारबीच शान्ति सम्झौता हुँदा ६० दिनभित्र बेपत्ताको स्थिति सार्वजनिक गर्ने सहमति भएको थियो। तर, शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो। बेपत्ता बनाइएका व्यक्तिहरुको अवस्था सार्वजनिक गरिएको छैन, बरु बेपत्ता परिवारको पीडा भने चुलिँदै गएको छ। आफ्ना परिवारका सदस्यहरु फर्किने आसमा डाँगी परिवार जस्ता अरु पनि सरकारसँग आफ्नो आवाज सुनाउन छोडेका छैनन्।
_x000D_
_x000D_
तत्कालीन स्थानिय शान्ति समिति बाँकेको तथ्यांकअनुसार जिल्लाभर राज्य तथा माओबादीबाट बेपत्ता पारिएकाको संख्या १ सय २१ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।