काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहेको प्रष्टीकरण दिएका छन् ।
नेपालमा सञ्चालित गैरसरकारी संस्था अधिकांश एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार भएको प्रचार तथ्ये भन्दा रहेको बताए ।
‘नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश नेकपा(एमाले)संग संवन्धित रहेको भनेर प्रचार हुने गरेको छ । त्यसमा अझ नेताहरुको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकी तथ्य त्यो भन्दा निकै फरक छ’ उनले भनेका छन् ।
उनले अघि भने, ‘मलाई लाग्दछ सत्य यस्तै होला । जहासम्म नेकपा (एमाले)को मुल नेतृत्वको कुरा त्यो विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहदै आएको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।